अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८१-११-०४
- A
- A-
- A+
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २३ वर्षीय अशोक पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६२ मिलिग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-८ बस्ने २४ वर्षीय दिपिन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २९ वर्षीय मनिष प्रधान र ४० वर्षीय बिरेन उराउ रहेका छन् । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, थाहा नगरपालिका-२ इन्द्रायणी बस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्मो ३० ट्याब्लेट र स्टागन ५० ट्याब्लेट सहित सोही नगरपालिका-२ देउला टोल बस्ने २७ वर्षीय दिनेश देउलालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५ क्याप्सुल सहित मंगला गाउँपालिका-२ बस्ने २० वर्षीय अविषेक खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९५१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।