प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।        

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफुलाई रकमको आवश्यकता परेको भन्ने विश्वास दिलाई साथीको क्युआरमा रकम पठाउनु भनि उपत्यकाको विभिन्न पसलहरूमा आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाईदिँदै छ, आफ्नो कुनै पनि बैंक खाता छैन भनी हजुरको खातामा पैसा आउँछ सो पैसा राखी मलाई नगद रकम दिनु भनी पसलहरूको क्यूआर कोड पठाई रकम हाल्न लगाई पसलहरूबाट रकम लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लोलाङ हाईटबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।