करिब २ सय ४४ किलोग्राम गाँजा सहित बोलेरो चालक पक्राउ
२०८२-०१-०४
- A
- A-
- A+
सर्लाही, लालबन्दी नगरपालिका-११ हिरापुरबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४४ किलोग्राम सहित सोही नगरपालिका-१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।