प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने व्यक्ति

२०८२-०२-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली सुनको मुर्ति देखाई ठगी गरेको अभियोगमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

नक्कली सुनको (बुद्ध भगवानको) मुर्ति सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-४ घर भएका ३९ वर्षीय पुरूषसँग गत मंसिर ८ गते १० लाख रूपैयाँ र काठमाडौं न्यूरोड बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भएका २४ वर्षीय पुरूषसँग गत चैत ११ गते ११ लाख ८५ हजार रूपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ  । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा खुकुरी देखाई कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०३-०३

दाङ, सामाजिक सञ्जालमा खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको भिडियो पोस्ट गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मगरले पीडित युवतीलाई जंगलमा लगी खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । साथै प्रहरीले उनको घरबाट नियन्त्रित लागूऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट फेला पारी बरामद गरेको छ । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि १ जनालाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित दुई जना पक्राउ
२०८३-०३-०३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय YO YOULONG रहेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले कतार एयरको उडानद्वारा काठमाडौंबाट कतार जान लागेका बेचनको साथबाट कतारी रियाल ४२ हजार ४ सय र चाइना ईष्टर्नको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका YO YOULONG को साथबाट अमेरिकी डलर ७ हजार ५ सय फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८३-०३-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउदी रियल ३० हजार सहित पाल्पा रामपुर नगरपालिका-१० घर भएका १९ वर्षीय समिर बहादुर मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त साउदी रियाल फेला पारी पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०३-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० बस्ने ललितपुर कोन्ज्योसोम गाउँपालिका-२ घर भएका ३३ वर्षीय श्याम चौलागाई, ललितपुर गोदावारी नगरपालिका-६ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-६ घर भएका २० वर्षीय सुजन घतानी विक, काठमाडौं महानगरपालिका-१६ बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-८ घर भएका ४३ वर्षीय यामराज खत्री र काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका ३३ वर्षीय सरद कुमाई रहेका छन् । पक्राउ मध्ये श्यामले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ, सुजनले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख ४० हजार रूपैयाँ, यामराजले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र सरदले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम र सुजनलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट, यामराजलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार तथा सरदलाई ललितपुर महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०१

काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-११ बस्ने ४१ वर्षीय सन्तोष कुमार साह र सोही नगरपालिका-९ बस्ने ५८ वर्षीय नारायण साह सुडी रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।