लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०७
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी चितवन राप्ती नगरपालिका-२ पिप्ले घर भएका ४६ वर्षीय प्रभु राम राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेकामा जेन्जी आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ शंख पार्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।