प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राजश्व छली चोरी पैठारी गरी ल्याएका सामाग्री सहित ८ जना पक्राउ

२०८२-०२-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, राजश्व छली चोरी पैठारी गरी ल्याएका विभिन्न सामाग्री सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ च:मती बस्ने झापा गौरीगंज गाउँपालिका-१ देवीघाडा घर भएका २७ वर्षीय रोशन कुमार महतो, महोत्तरी भटिहानी नगरपालिका-६ घर भएका २१ वर्षीय सिकेन्दर रजा, ललितपुर महालक्ष्मी नगरपालिका-४ हात्तीवन बस्ने भारत चेन्नई घर भएका ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, ३० वर्षीय दिपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कृष्णमुर्थी, भारत नयाँदिल्ली बस्ने ३१ वर्षीय मोहम्द रेहान र २४ वर्षीय रौनक ठाकुर रहेका छन् । 

काठमाडौं च:मती एरियामा सिकन्दर रजा समेतका व्यक्तिहरूले विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जा सहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूको साथबाट नगद १ लाख ८ हजार ५ सय रूपैयाँ, मोबाइलको डिस्प्ले ५ सय ८० थान, रेडमी कम्पनीको ट्याब १ थान, म्याकबुक १ थान, ल्यापटप १ थान, चार्जर १ हजार ४ सय थान, विभिन्न कम्पनीका मोबाइलका बट्टाहरूमा रहेको विद्युतिय उपकरण (फ्लेक्स) ८ सय थान, मोबाइलमा प्रयोग हुने ब्याट्री १ हजार १ सय ५० थान, मोबाइल ८ थान लगायतका सामाग्रीहरू बरामद भएको छ । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।