प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने धातु सहित पक्राउ

२०८२-०२-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु २ सय ७४ ग्राम सहित भारत पश्चिम बंगाल घर बताउने  ३१ वर्षीय महादेव सामन्तलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।