प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

२०८२-०३-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा बस्ने २४ वर्षीय अनुतम बहादुर श्रेष्ठ  र नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१४ घर भएका २६ वर्षीय कपिल घर्ती रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  

बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ पडरीया बस्ने २२ वर्षीय आकाश बहादुर मगर र २८ वर्षीय देव सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, जानकी गाउँपालिका-९ कटासे बस्ने २७ वर्षीय शंकर थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र अवैध लागूऔषध गाँजा ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  

सिराहा, लहान नगरपालिका-११ पडरीया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १८ ग्राम ६ सय १० मिलिग्राम, २ लाख ८२ हजार ७ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ५० भारतीय रूपैया सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय मिथलेश कुमार चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले मिथलेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१५ विशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय दिवश राई र २९ वर्षीय विशन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगपालिका-१३ निशानेबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलो ७ सय २५ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर पौवादुङमा गाउँपालिका-६ बस्ने ३६ वर्षीय जिवनराज राई र ३१ वर्षीय आरएन राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय मनिष लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय मनिष राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ७९६० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोही नगरपालिका-१४ धाईजन गोलबारी बस्ने २६ वर्षीय सरोज लामिछानेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.८ प १५८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-१ बागझोराबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३६ वर्षीय कुमार सिं गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसे र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले सानोटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.९४ प ८०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित तिनपाटन गाउँपालिका-९ चकमके घर भई कमलामाई नगरपालिका-४ ढुग्रेवास डेरा गरी बस्ने २७ वर्षीय बिनोद परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-६ सरस्वती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय सुशील खड्गीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्वत, कुश्मा नगरपालिका-७ खरीया बस्ने २६ वर्षीय सुरेश परियारलाई नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र नुर्फिन १६ एम्पुल सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-१०

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोट डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय औतार सिह तामाङ र काठमाडौं सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बर तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८३ प ४३७७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ शिवालय बस्ने २१ वर्षीय बिबेक जबेगुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ बस्ने २२ वर्षीय अरमान खानलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय १० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित गुल्मी मुसिकोट नगरपालिका-४ बस्ने २३ वर्षीय विपीन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-५ बस्ने २३ वर्षीय पर्वत तोलाङी र मोरङ विराटनगर महानगरपालिका-१ बस्ने २२ वर्षीय शुयस ढुङेल रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र.१-०२-०१० प ३८४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्राम सहित बेलबारी नगरपालिका-११ बस्ने २९ वर्षीय रणध्वज राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले प्र.१-०२-०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-८ कुखरेडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय मोहन बास्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६७ मिलिग्राम सहित सुखीपुर नगरपालिका-८ आमचोक बस्ने २५ वर्षीय सरोज मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सुखीपुरदेखि काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०२५ प ५९४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-९ बस्ने २० वर्षीय मनोज चौधरी र बारबर्दिया नगरपालिका-८ औरी गाउँ बस्ने २० वर्षीय प्रकाश खड्का रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-१२ शक्तिनगर बस्ने २६ वर्षीय निर्मल कुमार थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-८ गैलनदीबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ३ सय ४० मिलिग्राम सहित भीमदत्त नगरपलिका-१८ जनज्योती चोक बस्ने २२ वर्षीय यस चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले म.१ प ४२४४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७१ मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ डेरा गरी बस्ने गौरीगंगा नगरपालिका-१ घर भएका २५ वर्षीय मायाराम चौधरी समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २९ वर्षीय सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मोति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९८ मिलिग्राम सहित कैलारी गाउँपालिका-४ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय हरि प्रसाद चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-५ गेर्मीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, फेनारगन १ सय ९७ एम्पुल र बुप्रेनोर्फिन १ सय ९९ एम्पुल सहित भारत उत्तर प्रदेश महाराजगंज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलम समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, बुप्रेनोर्फिन ३ सय ९९ एम्पुल र डाइजेपाम ३ सय ९४ एम्पुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-५ लोदपुर बस्ने ४१ वर्षीय हरि हर लोध र ५५ वर्षीया रेश्मी लोध रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २०११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय साहिल अलि हलुवाइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-१२ राजीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम परियार समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले प्रेमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ३ सय २० किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०४-१०

सर्लाही, बलरा नगरपालिका-७ डुमरियास्थित कुखुरा फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २० किलोग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले कुखुरा फर्म तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.०१-०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु. ४७ प २५२८ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, भीमफेदी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५३ ट्याब्लेट सहित काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईश्रायल कामतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका-१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०४-०९

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित अछाम घर भएका २३ वर्षीय प्रेम बहादुर बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-२ मान्दवा टोलबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलो ३५ ग्राम सहित सोही गाउँपालिका-२ गैरीगाउँ बस्ने ३१ वर्षीय शिखर लिम्बु समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह १२५ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ जिपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय बिकास जेठारा र २८ वर्षीय बिबेक राज उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राजेश राना समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक डेरा गरी  बस्ने कैलारी गाउँपालिका-२ घर भएका २५ वर्षीय श्रीमल चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २३ मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले श्रीमलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ समितीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सागर खत्री समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ माने चोक बस्ने २५ वर्षीय अमित धिमाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले अमितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल बुप्रेनोर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने ३९ वर्षीय मिन बहादुर बानिया समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङपुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको ग. १७ प १२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश सहनी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, सुरूङगा नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ओपिडोल ८५ ट्याब्लेट, स्पास्मो ७५ ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने १९ वर्षीय अशोक भन्ने ताराचन्द्र भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, ईनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३ सय ६० मिलिग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २४ वर्षीय बुद्दिमान साह समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिले तुम्बाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३ ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित पाख्रिबास नगरपालिका-९ बस्ने ३० वर्षीय रियल मगर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ‍। प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ खानेपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० नदवा बस्ने ३० वर्षीय सुरज मल्ललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-०८

मोरङ, विराटनगर महानगरपालिका-४ लालीगुराँस टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४ ग्राम सहित दुवही नगरपालिका-१२ बस्ने २१ वर्षीय धन कुमार यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धनुषा, मिथिला नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी घर भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-०८

सिराहा, लहान नगरपालिका-३ हस्पिटल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४३ ग्राम सहित ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २२ वर्षीय बिद्यानन्द यादव, सप्तरी रूपनी गाउँपालिका-१ घर भएका ४० वर्षीय मो. नसिर, बोदेबसाईन गाउँपालिका-२ घर भएका २८ वर्षीय शम्भु प्रसाद यादव, २४ वर्षीय बैधनाथ प्रसाद यादव, डाक्नेश्‍वरी गाउँपालिका-२ घर भएका २८ वर्षीय मो. जमाहिर आलम र ३२ वर्षीय मो. ईमामुदिन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नियन्त्रण लिने क्रममा प्रहरी माथी आक्रमण गरेपश्‍चात प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा  घाइते भएका मो. नसिर र विद्यानन्दको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स.३ प ९१८५ नम्बर र स.११ प ८०५ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । दार्चुला, मालिकार्जुन गाउँपालिका-८ धामिगडा बस्ने ६० वर्षीय गगन सिंह बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ३० ग्राम र गाँजा करिब १ सय ५१ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनले संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलारी गाउँपालिका-७ घर भएकी १७ वर्षीया किशोरी समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ फेला सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६५ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने बैतडी सुर्नया गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपक ऐरी, बैतडी दोगडाकेदार गाउँपालिका-६ घर भएका ३१ वर्षीय हेमन्त कार्की र कैलाली गोदावरी नगरपालिका-१ बस्ने ३२ वर्षीय शम्भू भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने भारत किसनगंज-१२ घर भएका ३० वर्षीय मोहित आलम, उनकै श्रीमती ३२ वर्षीया जेनेतुन खातुन र ३८ वर्षीय मोहमद तजरूल रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ५०११ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक मोहित, अटोमा सवार उनकै श्रीमती जेनेतुन र मोहमदलाई पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २७ वर्षीय राजन उराव र उर्लाबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय प्रकाश उराव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सुनसरी घर भएका २५ वर्षीय रोहित उराउलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिआरभि पोष्ट जतुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९१ मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने २२ वर्षीय जंगे लिम्बुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-५ सोमबारे चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट, ट्रामाडोल १ सय ८५ ट्याब्लेट, स्पास्मो १ सय ७५ ट्याब्लेट र नगद २६ हजार ३ सय ९० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने १९ वर्षीय उमेश मगर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनीबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र ऐनारगन १० ट्याब्लेट सहित सोही नगरपालिका-१७ बटटाँडी बस्ने २७ वर्षीय एलिया वाग्ले क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-९ मंगलापुर चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ३ सय ५० मिलिग्राम सहित रोहिणी गाउँपालिका-७ पर्सा बस्ने ४६ वर्षीय अकवाल देवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।