प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

२०८२-०३-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-११ सतुङगल बस्ने २७ वर्षीय सुशन प्रधानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाईट्राजेपाम १ सय ७२ ट्याब्लेट र नगद १३ हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३५ ट्याब्लेट सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका १९ वर्षीय निशान शेर्पा, मोरङ बेलबारी घर भएका १९ वर्षीय अभि राई र सोलुखुम्बु घर भएका २८ वर्षीय संदिप राना रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

बाँके, जानकी गाउँपालिका-६ पिप्रहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय जलिल खाँ लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध २ ग्राम ६ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच निबिया गाउँ बस्ने ४४ वर्षीय नौसाद सिद्धिकी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ४० एन ०१७० नम्बरको  मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

कास्की, पोखरा महानगरपालिका-१४ खसीबजार डेरा गरी बस्ने सोही महानगरपालिका-३२ सातमुहाने घर भएका ३२ वर्षीय बिकाश न्यौपानेलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २६ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन २६ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-८ बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय जितेन्द्र आङ्देम्वेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बारा, कलैया उपमहानगरपालिका-५ भरत चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार ५ सय एम्पुल, फेनारगन १ हजार ५ सय एम्पुल र डाईजेपाम १ हजार ५ सय एम्पुल सहित जीतपुरसिमरा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय सेराज अंसारीलाई सोमबार बेलुकी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 

मोरङ, धनपालथान गाउँपालिका-२ पैटामाबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित भारत अररिया पहुँसी ग्राम पंचायत-२ बस्ने २२ वर्षीय मोहमद ईर्सादलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमाहि बरियातीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको वीआर ३८ क्यू ५६८६ मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध प्रोक्सी स्पास ५१ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय अनिश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०४-२४

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ६० ग्राम सहित सोही महानगरपालिका-८ पशुपति एरिया बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्त बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनाली समेत ५ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय १६ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले सुगमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चौहर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५६ मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २३ वर्षीय जय कुमार नायकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित बर्दगोरीया गाउँपालिका-१ बस्ने २१ वर्षीय संजिप चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरीले से.१ प ९४०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बबि रानालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाँके, खजुरा गाउँपालिका-३ बि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन थापा मगर समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय समिर कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, लालझाँडी गाउँपालिका-२ कंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय कमलेश राना र २६ वर्षीय बलराम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधवलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३९ किलो २ सय ५० ग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय दिपेश तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भिष्वातर्फ जाँदै गरेको बा.८७ प ७८७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०४-२३

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९२ मिलिग्राम र नगद २४ हजार रूपैयाँ सहित भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३१ वर्षीय अशिम श्रेष्ठ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जाजरकोट नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सर्जन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ५३ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सोमनाथ राजवंशी र मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २४ वर्षीय गणेश चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटीसफारीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ मिलिग्राम सहित कमल गाउँपालिका-४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ७० मिलिग्राम सहित भारत बिहार अररिया थाना जोगवनी बस्ने २२ वर्षीय साहिल पाण्डे समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प २६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ मण्ठा पोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ६ सय मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-१० चकमेली बजार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित धनगढी उपमहानगरपालिका-३ बडरा बस्ने ३० वर्षीय बिरेन्द्र चौधरी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ स्थित होटल राइनसबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३२ एम्पुल, बुप्रेनोर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल र नगद ६५ हजार ७ सय रूपैयाँ सहित उदयपुर घर बताउने ३२ वर्षीय दिनेश परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.६५ प १३१७ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ स्थित सुकुमबासी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६१ ट्याब्लेट र भोमिन ७० ट्याब्लेट सहित मकवानपुर घर भएका ३० वर्षीय रामलामा वाईवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सखुवानान्कारकट्टी गाउँपालिका-४ सिमरास्थित बलान खोला नजिबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९१ किलो २५ ग्राम सहित भगवानपुर गाउँपालिका-४ जमुवा टोल बस्ने ४३ वर्षीय मोहन साहलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ ५ जना अपरचित व्यक्तिहरूले प्लाष्टिकको ५ वटा बोरा फाली भाग्ने क्रममा उनीहरू मध्ये मोहनलाई प्रहरीले उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार ४ जनाको खोजी गरिरहेको छ । पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय राहुल यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.११ प ५०२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-३ गुद्री लाइनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २६ वर्षीय मनोज उराव समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुसनरी, धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने कृष्ण राईको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जोरसखुवा टोल बस्ने २४ वर्षीया स्वास्तिका गुरूङ समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरी हाल फरार कृष्णको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय १८ किलो गाँजा सहित चार जना पक्राउ
२०८३-०४-२३

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ गुप्तबराहबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय १८ किलोग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय थमन राई, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-५ बस्ने २२ वर्षीया जिवनी राई, मोरङ कटहरी गाउँपालिका-३ बस्ने २६ वर्षीय अमर कामत र ३८ वर्षीय शंकर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को.११ प ५६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा कारभित्र २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी कार चालक थमन, कारमा सवार जिवनी, मोटरसाइकल चालक अमर र मोटरसाइकलमा सवार शंकरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०४-२२

भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ४० मिलिग्राम सहित ललितपुर गोदावरी नगरपालिका-३ टौखेल बस्ने १९ वर्षीय सुहान रम्तेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४५ प ३७८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९० मिलिग्राम सहित ललितपुर, ललितपुर महानगरपालिका-२४ बस्ने ३४ वर्षीय अमित गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.प्र.०२-०५६ प ६२२९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-१ ठुटेपिपलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ग्राम सहित सोही गाउँपालिका-२ पडसरी बस्ने २६ वर्षीय सन्जिब केवटलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सिद्धार्थनगर नगरपालिका-९ उदयपुरस्थित उर्मिला कहारले संचालन गरेको पसलबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रहरी पसल तलासी गर्दा थप ९ किलो गाँजा जस्तो देखिने पदार्थ फेला पारी उर्मिलालाई समेत पक्राउ गरेको छ ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय १० मिलिग्राम सहित बर्दघाट नगरपालिका-२ चिसापानी बस्ने ३९ वर्षीय राजु बुढा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले बेलासपुरबाट हात्तीवनतर्फ जाँदै गरेको लु.४ प ५२८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ चुच्चेखोलास्थित चुच्चेखोला भ्यू प्वाइन्ट खाजा घरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित खाजा घर संचालक सोही उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय बिदुर धिताललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  पाल्पा, रामपुर नगरपालिका-७ मोवटी सितलनगरबाट अवैध लागूऔषध गाँजा २ सय २० ग्राम सहित स्याङ्जा चापाकोट नगरपालिका-२ धर्कोट बस्ने २५ वर्षीय विनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले लु.प्र.०१-०११ प ६५०२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ झिंगै बस्ने २४ वर्षीय बिष्णु घर्ती क्षेत्री समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डी दाङबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ बस्ने १९ वर्षीय ईकवाल अनसारी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, कन्काई नगरपालिका-४ कोटीहोमबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, पाख्रीबास नगरपालिका-५ माङमायाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४४ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा खाँदबारी नगरपालिका-९ बस्ने २२ वर्षीय सौजन लिम्बु र धनकुटा महालक्ष्मी नगरपालिका-५ बस्ने १९ वर्षीय समिर राई रहेका छन् । इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बारा, महागढीमाई नगरपालिका-१० गोवास टोलबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २ ट्याब्लेट सहित बुटवल उपमहानगरपालिका-६ तिलोत्तमा पथ बस्ने ४८ वर्षीय कपिल बज्रचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०४-२१

काठमाडौं महानगरपालिका-१६ वाईपास बस्ने ५३ वर्षीया शान्ती नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, बुप्रेनोर्फिन १७ एम्पुल, प्रमोथाजाइन १७ एम्पुल र नगद २ लाख २६ हजार ८ सय ५० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, देवचुली नगरपालिका-२ सिजि अगाडि अंकित रेष्टुरेन्ट एण्ड लजबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४१ एम्पुल, बुप्रेनोर्फिन ४० एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३५ वर्षीय मन्जिल श्रेष्ठ र सोही नगरपालिका-१३ बस्ने ४० वर्षीय राम प्रसाद अर्याल रहेका छन् । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले लजको १०९ नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-९ श्रीमन पेट्रोपम्प नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४४ ग्राम ३ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने २९ वर्षीय उमेश कुमार यादव, २५ वर्षीय गुल्सन प्रसाद साह र लहान नगरपालिका-१० बस्ने ३० वर्षीय रमेश कुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मिर्चयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१६ च ७८४६ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १३ ट्याब्लेट र स्पास्पेन २ सय ९५ ट्याब्लेट र स्पारेष्ट १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय अनिष तामाङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रम सहित इटहरी उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय निमा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ जन्ताबस्ती बस्ने २३ वर्षीय बादल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित इलाम सुर्योदय नगरपालिका-४ बस्ने २६ वर्षीय सलमान थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मण्डल खाजा घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४५ ग्राम २ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित खाजा घर संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत मोतिहारी पूर्वी चम्पदा झाचार घर भएका ४० वर्षीय चंदेश्वर महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४२ एम्पुल, बुप्रेनोर्फिन ४२ एम्पुल र फेनारगन ४३ एम्पुल सहित भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने २२ वर्षीय रितिक प्रजापतीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलबारी नगरपालिका-१ बस्ने ३१ वर्षीय अजय साहीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ७०७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, धनपालथान गाउँपालिका-२ भवानीपुरस्थित बारीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ  करिब ९६ किलो १ सय ९८ ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका-२ स्थित नेपालबाट भारततर्फ लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ नोचा बस्ने २७ वर्षीय सुमन कुमार साह र २७ वर्षीय अमर साहलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त स्थानमा लागूऔषध रहेको खुल्न आएपश्चात ३ वटा पोकामा रहेको उक्त पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ९ सय ४० मिलिग्राम सहित लेटाङ नगरपालिका-२ बस्ने २५ वर्षीय बिकाश भुजेल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, म्याग्दे गाउँपालिका-२ जामुनेबाट नियन्त्रित लागूऔषध फेनारगन ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र बुप्रेनोर्फिन ११ एम्पुल सहित शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा बस्ने ३० वर्षीय अमन पौडेल समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले दमौलीबाट थर्पुतर्फ आउँदै गरेको ग.१६ प ४५९६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लगूऔषध सहित पक्राउ गरेको हो ।  बझाङ, जयपृथ्वी नगरपालिका-११ धामीलेखस्थित जोशी किराना एण्ड वाइन कर्नरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५० ग्राम ५१ मिलिग्राम सहित उक्त पसलका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय जयराज जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय सेराज बेहेनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भिम बहादुर स्याङ्ताङ रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।