प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डलर साटीदिन्छु भनि ठगी गर्ने चार जना पक्राउ

२०८२-०३-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, डलर साटीदिन्छु भनि ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तबिर पाइन र ललितपुर, ललितपुर महानगरपालिका-१६ धापाखेल बस्ने ३५ वर्षीय बिष्णु कुमार रूम्बा रहेका छ्न् । 

पीडितलाई आफुसँग ६ हजार अमेरिकन डलर छ, ७ लाख नेपाली रकम दिनु भनि असार २२ गते भक्तपुर चागुँनारायण नगरपालिका-४ हलछापस्थित जंगलमा लगि नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको मोबाइल र नगद ७ लाख रूपैयाँ जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट बा.७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश.०२-०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रूपैयाँ, चेक १ थान र मोबाइल १० थान प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 


सम्बन्धित समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०१-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-३  घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०१

काठमाडौं, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क  बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-१२-३०

पर्सा, कालिकामाई गाउँपालिका-१ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-११ डेरा गरी बस्ने रौतहट माधवनारायण नगरपालिका-१ घर भएका २६ वर्षीय संतोष साह, २४ वर्षीया सोनी कुमारी, बारा महागढीमाई नगरपालिका-७ बेनौली बस्ने १९ वर्षीय बिशाल साह र भारत उत्तर प्रदेश  थाना अलीगढ बस्ने २१ वर्षीय ओमबीर प्रजापति रहेका छन् । वीरगंज महानगरपालिका-११ रानीघाटस्थित घरमा बिकाश कुमारलाई फलामको छड तथा फलामको धारिलो गल प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका बिकाशको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।