अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०४-०८
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित मोरङ विराटनगर महानगरपालिका-६ बस्ने सुनसरी इनरूवा नगरपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३६७३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१४ बस्ने ५२ वर्षीय कुमार बस्नेतलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ५ सय ७६ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, राजगढ गाउँपालिका-३ कट्टी टोलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका-१ बस्ने १९ वर्षीय रोहित यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।