अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-१४
- A
- A-
- A+
स्याङ्जा, पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फारूक अली र सोही नगरपालिका-४ घर भएका २५ वर्षीय निशान थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फारूकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-६ गोलबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३८ हजार ३ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय शेखर कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-१ सूर्यपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९५ ट्याब्लेट र एनारगन १ सय ९३ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने १९ वर्षीय साहिल तामाङ र सोही नगरपालिका-४ बस्ने २९ वर्षीया सबिना पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० लेखनाथ चोक बस्ने ३० वर्षीया बिबिसा चापागाई र सोही नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय दिपक उप्रेती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
बर्दिया, राजापुर नगरपालिका-४ आनन्त चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने ३१ वर्षीय अनिल प्रधानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानका लागि अन्य ५ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३२ गगनगौडा बस्ने तनहुँ घर भएका २७ वर्षीय अनिल नेपाली र तनहुँ व्यास नगरपालिका-१२ बस्ने आँबुखैरेनी गाउँपालिका-१ घर भएका ३० वर्षीय मदन घिमिरे रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध पोलेन ८ ग्राम सहित ललितपुर महानगरपालिका-१३ बस्ने २० वर्षीय शिब श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे गाउँपालिका-६ बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।