अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-१३
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-२२ शान्तिचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ बस्ने २८ वर्षीय दिनेश बास्खोर, ३५ वर्षीय नुर मोहम्मद किंगरिया र २९ वर्षीय फिरोज साई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले भे.४ प ३९६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
महोत्तरी, बर्दिवास नगरपालिका-१४ लच्चकाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५८ ट्याब्लेट, स्पास्मो ४२ ट्याब्लेट र नगद १६ हजार ४ सय २५ रूपैयाँ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ भप्सी टोल बस्ने ३३ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१४ बस्ने २६ वर्षीय अनिष पुर्वाछाने मगर र ३२ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ मोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश रननगर खिरी बनविरपुर बस्ने ३४ वर्षीय गुरमुख सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ सिइ ५३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-७ श्रीवानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ग्राम सहित सोही ठाउँ बस्ने ४७ वर्षीय यम बहादुर भण्डारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका-८ बस्ने ३६ वर्षीय आश कुमार राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०४-००२ प ०१७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-११ डेरा गरी बस्ने भारत बिहार नरपतगंज घर भएका २९ वर्षीय मो. सहनेवाजकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५० हजार ५ सय ४० ट्याब्लेट र डाइक्लोमाइन ९ हजार ५ सय २० ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०२-०५० प ७१२२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ साठ्ठिबिघा बस्ने २७ वर्षीय टाँसी गुरूङ र सोही नगरपालिका-६ बर्मेली टोल बस्ने दमक नगरपालिका-२ घर भएका ३२ वर्षीय बिशाल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९७ प १६४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-१ बिलाईतीबारीबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्ने ३३ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय साजन माझी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ३९१७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ भट्टराई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३४ ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने २३ वर्षीय अस्मिन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ७० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्जु बुर्जा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।