प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

२०८२-०४-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट अवैध लागूऔषध कोकिन १ किलो ९ सय ५० ग्राम सहित ब्राजिलियन नागरिक २१ वर्षीया EMILLY MIKAELE SANTOSH FERREIRA बुधबार पक्राउ परेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरीले ब्राजिलबाट दोहा हुँदै नेपाल आई नेपालबाट भुटान जान लागेकी उनलाई जाँच गर्न क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको  छ । 

काठमाडौं, तारकेश्‍वर नगरपालिका-११ आनन्द टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ४० ग्राम सहित नुवाकोट ककनी गाउँपालिका-५ घर भएका २५ वर्षीय सुजन तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बा.४८ प ८७०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक सुजनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । 

यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट नियन्त्रित लागूऔषध नोर्फिन ६२ एम्पुल, फेनारगन २९ एम्पुल, डाईजेपाम ५६ एम्पुल र नगद २ हजार ६ सय ६० रूपैयाँ सहित  सोही ठाउँ बस्ने काभ्रे घर भएका ३६ वर्षीय नबराज नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने उदयपुर गढी नगरपालिका-१ घर भएका २४ वर्षीय दिल बहादुर सार्की र हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएका २४ वर्षीय दिल बहादुर लो तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित मनहरी गाउँपालिका-७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको ना.६ ख ९५३३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सिराहा, सिरहा नगरपालिका-९ गुलरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २६ मिलिग्राम सहित सोही नगरपालिका-२२ बस्ने ३२ वर्षीय रोशन कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित दार्चुला होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय ६० मिलिग्राम सहित होटल संचालक दार्चुला नौगाड गाउँपालिका-४ बस्ने २२ वर्षीय मान बहादुर ठगुन्ना समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय सुमित बादीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित कपिलवस्तु नगरपालिका-१ मस्जित टोल बस्ने ४५ वर्षीय हमिद मुसलमानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित सोही नगरपालिका-२ शंकरटोल बस्ने ४६ वर्षीय दीप नारायण कुर्मीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

चितवन, भरतपुर महानगरपालिका-१० भरतपुर सरकारी अस्पतालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९४ ट्याब्लेट र एनारगन १ सय ९४ ट्याब्लेट सहित सोही महानगरपालिका-१४ बस्ने २० वर्षीय प्रितम विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही अस्पतालमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित तनहुँ देवघाट गाउँपालिका-५ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-१० रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय रतिराम थारू र २९ वर्षीय कन्हैया थारू रहेका छन् । ‍इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । 

यसैगरी बाँके, खजुरा गाउँपालिका-७ गुनाहानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय इमरान तेलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ चियादोकान बस्ने २६ वर्षीया ज्योती राई तामाङ समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पासाङ तामाङको घर तलासी गर्दा उक्त पदार्थ फेला उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार पासाङको खोजी गरिरहेको छ । 

बझाङ, जयपृथ्बी नगरपालिका-९  बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ६ सय ९० ग्राम सहित सोही ठाउँ बस्ने सुर्मा गाउँपालिका-२ घर भएका ३२ वर्षीय शेर बहादुर बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१६ मझगाउँबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३३ एम्पुल, प्रोमेथाजाइन ३३ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित सोही नगरपालिका-४ बस्ने कैलाली घर भएका ३४ वर्षीय लोकेन्द्र बहादुर शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र डाईजेपाम ५२ एम्पुल र नगद १ लाख १५ हजार ४ सय २८ रूपैयाँ सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं मुलपानी बस्ने काभ्रे पनौती नगरपालिका-१ घर भएका ३८ वर्षीय बिर ध्वज तामाङ, २८ वर्षीय जिबन लामा र काठमाडौं बालाजु बस्ने सिन्धुपाल्लोक घर भएका ३५ वर्षीय जिबन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-१०-२८

काठमाडौं महानगरपालिका-३१ कात्यायानी चोकस्थित न्यू कश्यप बोईज होस्टलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित होस्टल संचालिका सप्तरी छिन्नमस्ता गाउँपालिका-१ घर भएकी ४५ वर्षीया माया कुमारी देवी मिश्रलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उक्त होस्टल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय ३० मिलिग्राम सहित रौतहट बृन्दावन नगरपालिका-३ बिश्रामपुर घर भएका २४ वर्षीय अवदेश पटेल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र ०३-००२ ख १४२८ नम्बरको ईभी गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ हजार ३ सय ९० ट्याब्लेट सहित सर्लाही नवलपुर गाउँपालिका-३ बस्ने २२ वर्षीय कृष्ण चौधरी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-०१० प ८७५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी एरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय डिल्ली बहादुर कटवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सुन्दरीजल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-१ महिनाथपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित भारत बिहार मधुवनी महिनाथपुर बस्ने २४ वर्षीय धर्मेन्द्र कामतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ बि ९८५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१२ हस्पिटलचोकबाट नियन्त्रित लागूऔषध फेनारगन १६ एम्पुल, बुप्रेनोर्फिन १६ एम्पुल र  डाईजेपाम १५ एम्पुल सहित सोही महानगरपालिका-४ तेर्सापट्टी बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका ३० वर्षीय आसकिन विक्रम महतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित इलाम माई नगरपालिका-१ दानाबारी बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सन्तोष खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियास्थित बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित दार्चुला लेकम गाउँपालिका-४ बस्ने २८ वर्षीय राजेन्द्र पाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित भारत उत्तराखण्ड प्रदेश चम्पावत पुर्णागिरी नगरपालिका बनबासा बस्ने ३० वर्षीय हर्दिप चन्दलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले डिएल ६ एसबिसि ५१०० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१०-२७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४५ ट्याब्लेट र नाईट्राभेट २३ ट्याब्लेट सहित कपिलवस्तु मायादेवी गाउँपालिका-६ बस्ने २९ वर्षीय अब्दुल वफा मुसलमानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ७०१७ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम १ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ५३ ट्याब्लेट, नाईट्राभेट १ सय २१ ट्याब्लेट र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-६ घर भएका २५ वर्षीय घनश्याम विक र काठमाडौं चन्द्रागिरी नगरपालिका-९ बस्ने रौतहट राजदेवी नगरपालिका-६ घर भएका ४८ वर्षीय मोहम्द तनविर मिक्रानी रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३१ मोहोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय गंगा पुर्जालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-११ काँहुडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गुरूङ र ४४ वर्षीय विश्वास गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले रोशनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपक खड्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२६ दिब्यनगर बस्ने २८ वर्षीय सुबास मगर समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ४० मिलिग्राम र नगद ४५ हजार रूपैयाँ सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले सुबासको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२७ पर्साढाप बस्ने ३८ वर्षीय बिनोद महतो समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बिनोदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८२-१०-२७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने २४ वर्षीय सुवर्ण घलान र मनहरी गाउँपालिका-३ पालदमार बस्ने २४ वर्षीय बिजय मोक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-१०-२६

काठमाडौं, तारकेश्वर नगरपालिका-६ जरङ्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-६ जरङ्खु बस्ने नवलपरासी पुर्व घर भएका २४ वर्षीय गुराँस गुरूङ र काठमाडौं नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका-२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा ५५ प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालिकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौं महानगरपालिका-१८ घर भएका कुशलरत्न तुलाधर रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय धनराज बुढा समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिनेश विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, ग्रामथान गाउँपालिका-५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २० टयाब्लेट र स्पास्पेन १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका-५ तेतरीया चोकस्थित बैजनाथ औषधि पसलका संचालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका छन् । प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरीले तेतरीयाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटिमा सवार भकुलाललाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४२ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दिपक विक र २५ वर्षीय अशोक विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८२-१०-२६

 सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ८० मिलिग्राम सहित दैलेख गुराँस गाउँपालिका-४ बस्ने २८ वर्षीय डिल बहादुर बिक समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २५ ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २४ वर्षीय छिरिङ लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-१०-२५

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पुष्पनर्सिङटोल बस्ने ३२ वर्षीय तेज बहादुर घर्तिमगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २१ मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने २४ वर्षीय नरेन्द्र कुर्मी र नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने २८ वर्षीय दिपु बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-२ बसन्थलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय धिरू चन्द, ३४ वर्षीय मनोज मल्ल, २७ वर्षीय बिनोद खड्का र ३८ वर्षीय गणेश बोहरा रहेका छन् । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले गणेशले सोही स्थानमा संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १७ एम्पुल सहित भिमाद नगरपालिका-९ भिमादबजार बस्ने २९ वर्षीय सागर क्षेत्रीले शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९३६९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, सियारी गाउँपालिका-२ भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २५ वर्षीय उमेश राजभर र २२ वर्षीय आकाश पासी रहेका छन् । इलाका प्रहरी कार्यालय बेथरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.२९ प २९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।