चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१२
- A
- A-
- A+
काठमाडौं, चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ घर भएका ४५ वर्षीय सत्यमान लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८० वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ५ महिना ३ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।