प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०५-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ घर भएका ४५ वर्षीय सत्यमान लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट २०८० वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ५ महिना ३ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ माकलबारीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सम्बन्धित समाचार
परीक्षा अगावै प्रश्नपत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०२-०६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्न पत्र सँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका-१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरू हुनु भन्दा केही समय अगावै बाहिरीएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।