प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित पक्राउ

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने ७८ वर्षीय विनोद कुमार श्रेष्ठलाई स्रोत नखुलेको नगद ४ करोड २५ लाख ५० हजार रूपैयाँ, करिब ९ हजार ८ सय ३७ ग्राम ९ सय ६० मिलिग्राम सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न गरगरहना र करिब ३ हजार २ सय १८ ग्राम ९ सय २० मिलिग्राम चाँदी जस्तो देखिने सेतो धातुका विभिन्न गरगहना सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महारागंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद तथा गरगहना फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।