प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हतियार सहित एक जना पक्राउ

२०८२-०७-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले शिवराजको कोठा तलासी गर्दा ईन्सास राईफल १ थान, सर्टगन १ थान, ठुलो चाईनिज पेस्तोल १ थान, एसएलआर राईफलको ब्ल्याङ्क राउण्ड २ सय ५ थान, ईन्सास राईफलको म्याग्जिन १६ थान र  ठुलो चाईनिज पेस्तोलको म्याग्जिन २ थान फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
परीक्षा अगावै प्रश्नपत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०२-०६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्न पत्र सँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका-१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरू हुनु भन्दा केही समय अगावै बाहिरीएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।