प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०८२-०८-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी  ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-१५

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका-१२ घर भएकी ३६ वर्षीया साबित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा साबित्रा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।