प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८२-०८-२८

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित राजापुर नगरपालिका-१० भगतपुर बस्ने २२ वर्षीय कमल गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-१० लडकनिया घाट भादापुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित बारबर्दिया नगरपालिका-६ जयनगर बस्ने २२ वर्षीय समिर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प १९३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ हल्दुघाट बस्ने ७२ वर्षीय चन्द्र चन्दलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १८ ग्राम ८ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-५ दोदापुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २२ वर्षीय रोशन सिंह साउद, सोही नगरपालिका-११ बस्ने २० वर्षीय कैलाश खत्री र कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ह १९५० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

यसैगरी कञ्चनपुर, लालझाडी गाउँपालिका-२ कञ्जबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय छोट राम डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगर डेरा गरी बस्ने जानकी गाउँपालिका-५ घर भएका २८ वर्षीय सुनिल कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय करण साह र मोरङ विराटनगर महानगरपालिका-५ बस्ने २१ वर्षीय सचिन मेहता रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले  धरानबाट नडाहातर्फ आउँदै गरेको बा.१८ च ३८३४ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय २५ ट्याब्लेट र नगद ४ हजार २ सय ६५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बिष्णु सुब्बालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित दंगीशरण गाउँपालिका-४ बैबाङ बस्ने २४ वर्षीय रोशन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा.८ प ३७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-२२ हात्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ९० मिलिग्राम र नगद २ लाख ७५ हजार ८ सय ६० रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ बस्ने ३२ वर्षीय अमन दराइ र सोही महानगरपालिका-२८ बस्ने २० वर्षीया प्रसना कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट पटिहानीबाट खटिएको प्रहरीले ना.५१ प ८०७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीय दिपेन्द्र दाहाल, सोही नगरपालिका-१० बस्ने धादिङ घर भएका २७ वर्षीय रमेश दनै, टोखा नगरपालिका- ९ बस्ने बागलुङ घर भएका २६ वर्षीय युवराज रिजाल र रोल्पा घर भएका ५० वर्षीय बिरसिंह बाठा रहेका छन् । पक्राउ मध्ये दिपेन्द्रले स्पेन पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ९४ हजार रूपैयाँ, रमेशले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, युवराजले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र बिरसिंहले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार, रमेशलाई काठमाडौं तार्केश्वर नगरपालिका-१० बाट शनिबार तथा युवराजलाई काठमाडौं टोखा नगरपालिका-९ बाट र बिरसिहंलाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रा सहित तीन जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट करिब १ सय ४० ग्राम तौलको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार १ थान सहित नवलपरासी पश्‍चिम प्रतापपुर गाउँपालिका-१ सिसनिया घर बताउने ३१ वर्षीय योगेन्द्र प्रसाद चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको   हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । सिन्धुली, कमलामाई नगरपालिका-१४ तल्लो रानीबास क्षेत्रबाट करिब ६ किलोग्राम तौलको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ६० वर्षीय सोम बहादुर माझी भन्ने पोरे माझी र महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ६० वर्षीय चित्र बहादुर विश्वकर्मा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय सिन्धुली पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-२०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सर्लाही लालबन्दी नगरपालिका-१४ घर भएका ३७ वर्षीय हिरालाल ब्लोनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सर्लाही लालबन्दी नगरपालिका-७ स्थित किराना पसलबाट गत भदौ ३ गते नगद १० लाख रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१७

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।