प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८२-०८-२८

  • A
  • A-
  • A+
Share

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित राजापुर नगरपालिका-१० भगतपुर बस्ने २२ वर्षीय कमल गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-१० लडकनिया घाट भादापुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित बारबर्दिया नगरपालिका-६ जयनगर बस्ने २२ वर्षीय समिर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प १९३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ हल्दुघाट बस्ने ७२ वर्षीय चन्द्र चन्दलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १८ ग्राम ८ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-५ दोदापुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २२ वर्षीय रोशन सिंह साउद, सोही नगरपालिका-११ बस्ने २० वर्षीय कैलाश खत्री र कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ह १९५० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

यसैगरी कञ्चनपुर, लालझाडी गाउँपालिका-२ कञ्जबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय छोट राम डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-३ ब्यवस्थितनगर डेरा गरी बस्ने जानकी गाउँपालिका-५ घर भएका २८ वर्षीय सुनिल कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३० किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय करण साह र मोरङ विराटनगर महानगरपालिका-५ बस्ने २१ वर्षीय सचिन मेहता रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले  धरानबाट नडाहातर्फ आउँदै गरेको बा.१८ च ३८३४ नम्बरको कारमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ नौलोबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय २५ ट्याब्लेट र नगद ४ हजार २ सय ६५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बिष्णु सुब्बालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित दंगीशरण गाउँपालिका-४ बैबाङ बस्ने २४ वर्षीय रोशन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा.८ प ३७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-२२ हात्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ९० मिलिग्राम र नगद २ लाख ७५ हजार ८ सय ६० रूपैयाँ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ बस्ने ३२ वर्षीय अमन दराइ र सोही महानगरपालिका-२८ बस्ने २० वर्षीया प्रसना कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट पटिहानीबाट खटिएको प्रहरीले ना.५१ प ८०७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिराहा लहान नगरपालिका-६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ७९ वर्षीय लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका-२९ बस्ने पाल्पा तानसेन नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये राम बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३९ लाख ५८ हजार रूपैयाँ, आशिषले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, लोक बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, तुलसाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कृष्ण प्रसादले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ र प्रबिनले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-८ बाट सोमबार, आशिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोक बहादुरलाई काठमाडौं टोखा नगरपालिका-४ बाट, तुलसालाई टोखा नगरपालिका-३ बाट तथा कृष्ण प्रसादलाई काठमाडौं महानगरपालिका-१० बाट मंगलबार र प्रबिनलाई चन्द्रागिरी नगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये राम बहादुर र आशिषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने लोक बहादुर, तुलसा, कृष्ण प्रसाद र प्रबिनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विद्युतीय चुरोट (भेप) सहित एक जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३१ वर्षीय नविन खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।नविनले काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा Smile your choice र Vapemandu Traders Pvt. Ltd. नामक पसल संचालन गरी भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । साथै प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेप समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८३-०२-१३

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित श्री सन्त तुलसी दास (फ्रुट सेन्टर) बाट स्रोत नखुलेको नगद १२ लाख १५ हजार १५ रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फ्रुट सेन्टरका संचालक काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५० वर्षीय शंकर साह, ललितपुर ईमाडोल बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३३ वर्षीय भिमसेन तिमल्सिना र सप्तरी घर भएका ४० वर्षीय प्रमोद कुमार यादव रहेका छन् ।  प्रहरी वृत्त कालिमाटी समेतबाट खटिको प्रहरीले फ्रुट सेन्टर तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका ४१ वर्षीय भीम लामा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दैलेख गुराँस गाउँपालिका-३ घर भएका ३९ वर्षीय खड्कध्वज शाही रहेका छन् ।पक्राउ मध्ये भीमले युरोपका विभिन्न देशहरू पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ करोड ९३ लाख रूपैयाँ र खड्कध्वजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भीमलाई काठमाडौं महानगरपालिका-११ र खड्कध्वजलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।