प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

२०८२-१२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रौतहट घर भएका ३६ वर्षीय बल बहादुर सुनार समेत ८ जनालाई सानोभर्‍याङस्थित यातायात कार्यालयबाट र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ समेत ८ जनालाई गुर्जुधारास्थित यातायात कार्यालयबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र ५३ थान बिलबुक समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।