ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-०३
- A
- A-
- A+
काठमाडौं, ठगी सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-७ बस्ने ६२ वर्षीय शान्ति रमण पंगेनी र ५८ वर्षीय टिका पंगेनी रहेका छन् ।
जिल्ला अदालत कास्कीबाट २०८२ चैत ५ गते ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।