प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएका ४८ वर्षीय भिमसेन काफ्लेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२ गैरीधाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सम्बन्धित समाचार
खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०६-०५

काठमाडौं, खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अखिल नेपाल फुटवल संघ सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत ललितपुर, ललितपुर महानगरपालिका-३ पुल्चोक घर भएका ६० वर्षीय रविन्द्र जोशी र सोही संघमा लेखा अधिकृत पदमा कार्यरत सोही महानगरपालिका-५ लगनखेल थसीखेल घर भएका ५५ वर्षीय सन्जीब पाण्डे रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् प्रधान कार्यालय त्रिपुरेश्चर काठमाडौंको पत्र तथा वसन्त रिजालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविन्द्र जोशी समेत भएको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-०४

उदयपुर, आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दु राम राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । गन्दु रामले घरायसी वादविवादको क्रममा धारिलो हतियार प्रहार गर्दा बिमला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट माडिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी बिमलाको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय शेर बहादुर खड्काको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय आयुष राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ सोही उपमहानगरपालिका-१ स्थितमा उनीहरू बीच झै-झगडा हुँदा आयुषले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका शेर बहादुरको नेपाल मेडीसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनाको थप अनुसन्धानको लागि अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने धातुका गरगहना सहित एक जना पक्राउ
२०८३-०६-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ हजार रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंको न्यूरोड एरियामा अवैध रूपमा सुनका गरगहनाहरू भण्डारण तथा बिक्रि बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित काठमाडौं महानगरपालिका-२६ भेडासिंहबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-११ घर भएका २२ वर्षीय प्रवेश रोकायालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।उक्त मुद्दामा ३ वर्ष कैद र नगद २ लाख रूपैयाँ जरिवाना ठहर भई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०६-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भएका २५ वर्षीय सुमित बस्नेत, भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बैतडी पुर्चौडी नगरपालिका-५ घर भएका ४८ वर्षीय जनक बहादुर कुँवर, काठमाडौं महानगरपालिका-३२ बस्ने कैलाली जानकी गाउँपालिका-६ घर भएकी २४ वर्षीया रञ्जिता कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सिराहा सुखीपुर नगरपालिका-७ घर भएका ३२ वर्षीय सन्तोष साह, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने चितवन रत्ननगर नगरपालिका-२ घर भएका ३९ वर्षीय सिमा खान र काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ थाक्रे गाउँपालिका-१० घर भएका ४० वर्षीय राज कुमार बास्कोटा रहेका छन् । पक्राउ मध्ये सुमितले अमेरिका पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट २ करोड ८४ लाख रूपैयाँ, जनक बहादुरले जापान, पोर्चुगल, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट १० लाख ५० हजार रूपैयाँ, रञ्जिता कुमारीले नर्वे पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, सन्तोषले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, सिमाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र राज कुमारले इटाली पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई कीर्तिपुर नगरपालिका-४ बाट, रञ्जिता कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा जनक बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सिमालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र राज कुमारलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।