लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-११
- A
- A-
- A+
काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-८ क्यानखोला घर भएका २१ वर्षीय सविन नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१९ न्यूरोड रामघाटस्थित गल्लीमा बुधबार राति पीडितलाई कुटपिट गरी लुटपाट समेत गर्नुका साथै काठमाडौं महानगरपालिका-२६ गोङ्गबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन बिहीबार बिहान तोडफोड गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।