ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०१-१५
- A
- A-
- A+
काठमाडौं, सस्तो दरमा अमेरिकी डलर सट्टा गरिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपलिका-३ घर भएका ३८ वर्षीय सञ्जय बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित चिहानडाँडामा गत वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकन डलर सट्टा गरिदिने भनि प्रलोभनमा पारी ३ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपलिका-४ महाराजगंजबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।