चेक अनादर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-२३
- A
- A-
- A+
काठमाडौं, चेक अनादर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका ४७ वर्षीय पुर्ण बहादुर डिम्डुङ र काठमाडौं महानगरपालिका-३१ बस्ने भीमसेनगोला बस्ने तेह्रथुम फिदिम नगरपालिका-४ घर भएका ५८ वर्षीया सलिजा कान्दङवा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका पुर्ण बहादुरलाई ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेकी सलिजालाई काठमाडौं महानगरपालिका-३१ भीमसेनगोलाबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ मध्ये पुर्ण बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुर र सलिजालाई जिल्ला अदालत पाँचथरमा पेश गरिएको छ ।