श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०१-३०
- A
- A-
- A+
गुल्मी, आफ्नै श्रीमती ४३ वर्षीया एमी कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा ईस्मा गाउँपालिका-६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
थमनले कुटपिट गर्दा एमी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट खटिएको प्रहरीले प्रहरीले थमनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी एमीको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।