प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०२-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नवलपरासी पूर्व कावासोती नगरपालिका-३ घर भएका २४ वर्षीय निशान तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत भक्तपुरबाट २०७९ पुस १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद र सात लाख रूपैयाँ जरिवाना सजाय भई केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा कैद भुक्तान गरिरहेकामा २०८२ भदौ २४ गते आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-५ बाट पक्राउ गरेको  हो । 

उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ । 

सम्बन्धित समाचार
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६

काठमाडौं, लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ४६ वर्षीय निर बहादुर गुरूङ र काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोल बस्ने ३२ वर्षीय सुरेन्द्र थापा रहेका  छन् ।  पक्राउ मध्ये जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा ५ वर्ष कैद र नगद ५ हजार जरिवाना सजाय फैसला ठहर भएका निर बहादुर कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा रहेका थिए । साथै उक्त मुद्दामा सुरेन्द्र पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौं रहेका थिए । २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर बहादुरलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट र सुरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोलबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६

काठमाडौं, बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४७ वर्षीय राजु मिजारलाई  सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट विभिन्न मितिमा १२ वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दा गरी जम्मा १४ वटा मुद्दामा ४३ लाख २३ हजार ५ सय ३४ रूपैयाँ ८० पैसा जरिवाना, क्षतीपुर्ति रकम १ लाख ७२ हजार ९ सय ४१ रूपैयाँ ३९ पैसा  र  ९० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका-१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन् ।पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रूपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, रबिन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका-७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका-४ बाट सोमबार, रबिन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पकाहा मैनपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय काशी महतो चाई भन्ने काशी प्रसाद चौहानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पकाहा मैनपुर गाउँपालिका-१ बस्ने २६ वर्षीया रावडी भन्ने रीना देवीको २०५८ फागुन २६ गते हत्या गरी वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसुर ) मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धा गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०२-२४

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँ सहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय Bhima Srinivas लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  रसुवा, गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सय सहित सोही गाउँपालिका-३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमोमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।