प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई जना पक्राउ

२०८३-०२-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तपस्या एचआर प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने इलाम घर भएका ४८ वर्षीय मुकेश भण्डारी र बुढानिलकण्ठ नगरपालिका-३ बस्ने सिराहा घर भएका ४८ वर्षीय अजित श्रेष्ठ रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अजितको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी ३७ थान फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त राहदानीहरू मुकेशले रोमानिया देशको भिषा प्रोसेसिङका लागि भारत पठाएको खुल्न आएपछि मुकेशलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मुकेशले राहदानी विदेश लैजान वैदेशिक रोजगार विभागबाट अनुमति लिनु पर्नेमा विभागबाट अनुमति समेत नलिएको खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।