आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-१३
- A
- A-
- A+
काठमाडौं, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ४१ वर्षीय राजु भन्ने राजुन मालीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।