जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-१६
- A
- A-
- A+
ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रमेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोरङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-९ बस्ने ५५ वर्षीय राम बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।