जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
स्याङ्जा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्याङ नगरपालिका-११ दिमिक बस्ने ३८ वर्षीय प्रेम नारायण न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रेमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यायल वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।