प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

२०८३-०२-२०

  • A
  • A-
  • A+
Share

बागलुङ, लमजुङ क्वहोलासोथार गाउँपालिका-९ घर भएका ६२ वर्षीय देउ बहादुर सार्कीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा देउ बहादुरको श्रीमती तनहुँ माग्दे गाउँपालिका-७ पहेर घर भएकी २६ वर्षीया लक्ष्मी नेपाली, कास्की पोखरा महानगरपालिका-२६ जलधारे घर भएका ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्की मादी गाउँपालिका-३ याङ्गजाकोट घर भएका ५६ वर्षीय दमाई भनि चिनिने आसपुरे कामी रहेका छन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले जैमिनी नगरपालिका-१० राङखानी हाडीकोट सामुदायिक वनस्थित प्रतिक्षालयमा देउ बहादुरलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । 

उनीहरू उपर जिल्ला अदालत बागलुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।