प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

२०८३-०२-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने बर्दिया मधुवन नगरपालिका-७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, काठमाडौं महानगरपालिका-६ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका-१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका-९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, काठमाडौं महानगरपालिका-३ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २३ वर्षीया ज्योती गुरूङ र काठमाडौं महानगरपालिका-१० बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने रहेका छन् । 

पक्राउ मध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले  क्यानडा पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट, तिर्थमान र गोवर्धनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट, उज्वललाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र प्रकाशलाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बाट सोमबार तथा रोशनलाई काठमाडौं महानगरपालिका-१० बाट, उपेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, ज्योतीलाई काठमाडौं महानगरपालिका-३ बाट र राजिवलाई काठमाडौं महानगरपालिका-२८ बाट मंगलबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-०९

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-१ घर भएका ३८ वर्षीय दिपक थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०५-०९

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका-३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका-१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् । पक्राउ मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ, करिनाले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, साजनले फिनल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, पेमाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र तोमकुमारीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुष्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बाट शुक्रबार, करिना र साजनलाई काठमाडौं महानगरपालिका-३ बाट आइतबार तथा पेमालाई काठमाडौं महानगरपालिका-१२ बाट र तोमकुमारीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
२०८३-०५-०८

काठमाडौं,  जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-३ ठेगाना भएका बिमल राजवंशी पक्राउ परेका छन् । एनसिबि मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार दिउँसो नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ वैशाख ३० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएका ३७ वर्षीय नविन लामा र काठमाडौं महानगरपालिका-३२ बस्ने सल्यान शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन् ।  पक्राउ मध्ये नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४ लाख रूपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं महानगरपालिका-२६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०५-०६

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-७ थापागाउँ बस्ने नवलपरासी पूर्व देवचुली नगरपालिका-११ घर भएकी ३१ वर्षीया ममता पछाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदुतावाससँग समन्वय गरी निज महिलाको उद्दार गरी कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका-७ थापागाउँबाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक संजाल फेसबुक, ह्वाटस्एप लगायतका माध्यमबाट विभिन्न व्यक्तिहरूसँग अनलाईन मार्फत सम्पर्क गरी विभिन्न प्रलोभनहरू देखाई आकर्षक तलव सुविधामा घरेलु कामदारको रूपमा कुवेत पठाई दिने भनी विभिन्न स्थानहरूबाट महिलाहरूलाई काठमाडौं बोलाई तारकेश्वर नगरपालिका-७ थापागाउँस्थित कोठा भाडामा लिई सम्पर्कमा आएका ९ जना महिलाहरूलाई कुवेत पठाउन लागेको खुल्न आएको छ । साथै प्रहरीले ९ जना पीडित महिलाहरूलाई उद्दार गरेको छ ।उनलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि मानव वेचबिखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौं पठाईएको छ ।