प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा सहित पाँच जना पक्राउ

२०८३-०२-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने २५ वर्षीय राजिव महर्जन, गोरखा घर भएका २६ वर्षीय टेक प्रसाद गुरूङ, काठमाडौं महानगरपालिका-१७ बसन्तपुर बस्ने २७ वर्षीय आयुष महर्जन, टोखा नगरपालिका-२ सपनतीर्थ बस्ने बैतडी घर भएका २४ वर्षीय पुरन बोहरा र तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने गोरखा घर भएका २० वर्षीय सन्त बहादुर भुजेल रहेका छन् ।  

काठमाडौँ मनमैजु एरियामा राजिव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजिवको घर नजिक रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा २ थान र उनकै घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट फेला पारी राजिव, आयुष र टेक प्रसादलाई पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा अन्य २ वटा हात्तीको दाह्राका टुक्राहरू पुरनसँग रहेको भन्ने खुल्न आएपश्चात उनलाई सपनतीर्थबाट पक्राउ गरी सोधपुछ गर्दा उक्त हात्तीको दाह्राका टुक्राहरु मनमैजु बस्ने सन्त बहादुरलाई दिएको भन्ने खुलेपछि सन्त बहादुरको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित कोठाबाट हात्तीको दाह्राका टुक्राहरू २ थान फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका मध्ये राजिव, आयुष र टेक प्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिमको कसुरमा एवम् पुरन र सन्त बहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२९

धनुषा, सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोष्ट गरेको अभियोगमा लक्ष्मीनिया गाउँपालिका-१ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज र आपत्तिजनक शब्दहरू बोल्ने तथा धाकधम्की दिने किसिमका भिडियोहरू सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-२८

काठमाडौं खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।