ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४
- A
- A-
- A+
रौतहट, ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी गुजरा नगरपालिका-२ मैढा टोल बस्ने ३६ वर्षीय राज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रपुर सव डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन समुहको संयुक्त गस्ती टोलीलाई चन्द्रपुर नगरपालिका-६ लमहा खोला नजिकै राज किशोर लगायत ७/८ जना व्यक्तिहरूले गत १९ गते राति कुटपिट गरेको घटनामा जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये राज किशोरलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय विर्ता वीरगंज पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका-४ नारायणी अस्पताल नजिकैबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।