प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८३-०२-२५

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-११ जनपथटोल बस्ने महेश अग्रवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ बस्ने १९ वर्षीय राधे कामत सहित १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ, २२ बुक तास र १४ थान मोवाइल सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार