ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ
२०८३-०२-२७
- A
- A-
- A+
कास्की, ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाँके नेपालगंज उपमहानगरपालिका-१ बस्ने ४३ वर्षीय जितेन्द्र थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-८ सृजनाचोकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।