प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८३-०२-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दाउराडिपो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ घर भएका २८ वर्षीय राजु लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १५ हजार ९ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०६२ प १९५० नम्बर र बा.प्र.०२-०६६ प १०८६ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार