अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित भारतीय नागरिक पक्राउ
२०८३-०३-११
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२५ ठहिटीबाट अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित सोही ठाउँ बस्ने भारत सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भएका ३३ वर्षीय अमित इरगोन्डा घालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको ज्याठा ठहिटी एरियामा अवैध रूपमा विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुनचाँदीहरू ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमितलाई अमेरिकी डलर ३४ हजार ५ सय, नेपाली नगद ७ लाख ३० हजार रूपैयाँ, ७५ ग्राम तौलको सुन जस्तो देखिने धातुका विभिन्न टुक्राहरू १७ थान र २ किलो ६ सय ग्राम तौलको चाँदी जस्तो देखिने धातुका विभिन्न आकारको टुक्राहरू सहित पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।