जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-२६
- A
- A-
- A+
धादिङ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नीलकण्ठ नगरपालिका-९ सातदोबाटो बस्ने ५३ वर्षीय राम भन्ने नर बहादुर लम्साललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरिया गाउँपालिका-६ जगतपुर बस्ने २३ वर्षीय समिर डगौरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।