जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-२८
- A
- A-
- A+
पाल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।