डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३०
- A
- A-
- A+
कञ्चनपुर, डाँका चोरी मुद्दाका फरार प्रतिवादी काठमाडौं कीर्तिपुर नगरपालिका-९ न गाउँ बस्ने कृष्णपुर नगरपालिका-४ किचाई ठेगाना भएका ६२ वर्षीय गणेश बहादुर बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरबाट २०७४ माघ १४ गते उक्त मुद्दामा ६ वर्ष कैद सजाय फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको छ ।