अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०४-०५
- A
- A-
- A+
पर्सा, जगरनाथपुर गाउँपालिका-४ सुहपुरबाट अवैध लागूऔषध गाँजा २० किलो ६ सय ८७ ग्राम सहित भारत बिहार सितागढी पंचायत तालका डुम्रा-३३ बस्ने ३४ वर्षीय रहमद अंसारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बिआर ०६ बिएच ५४९६ नम्बरको कार जाँच गर्दा उक्त गाँजा फेला पारी चालक अंसारीलाई पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ९ सय ९० मिलिग्राम सहित भारत बिहार मधुबनी पंचायत मधवापुर-५ बस्ने २४ वर्षीय राजा कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।