प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
संचार निर्देशनालय - परिचय

        

            देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने, अपराधको रोकथाम र नियन्त्रण गर्ने गहन जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाहको लागि संचार आदान प्रदान तथा संचार प्रविधिको प्रयोग गरी नेपाल प्रहरीको काम कारवाही/कार्य सम्पादनलाई प्रभावकारी बनाउने हुँदा प्रहरी संचारको महत्वपूर्ण भूमिका रहेको छ । प्रहरी कार्यलाई गतिशिल, व्यवस्थित र प्रभावकारी बनाई कार्य सम्पादन गर्न गराउन प्रहरी संगठनमा आफ्नै संचार प्रणालीको आवश्यकता महशुस भई २०१५ सालमा आकाशवाणी शाखाको नामबाट सुरुवात भएको प्रहरी संचार सेवा विशिष्टिकरणको अवधारणा अनुरुप विभिन्‍न कालखण्डहरु पार गर्दै २०४४ सालमा संचार शाखा, २०५३।०९।१५ मा संचार महाशाखा र २०६७।०३।१५ मा संचार निर्देशनालयमा स्तरोन्‍नती भई हाल नेपाल प्रहरीमा १२१४ स्थानहरुमा संचार दरबन्दी कायम भएको र प्राय: सबै प्रहरी इकाईहरुमा संचारको पहुँच रहेको छ । प्रहरी संचारले स्थापना काल देखि उपलव्ध सिमित श्रोत साधनहरुको अधिकतम परिचालन र संचालन गरी निरन्तर रुपमा संचार आदान प्रदान गर्दै आई रहेको छ । Digital Trunking जस्ता रेडियो प्रविधि, CCTV Camera System, RPA/Drone प्रविधि, RCS (Rapid Communication System, 4G Two-way Radio System), आन्तरिक टेलि-कम्प्युनिकेशन (CUG, EPABX आदी) र बिभिन्‍न सुरक्षात्मक उपकरणहरु लगायतका सम्पूर्ण Electronics and Communication तर्फका संचार प्रविधिहरु समय सापेक्ष आधुनिकीकरण, सुदृढ र व्यवस्थित गरी प्रहरी कार्य एवं अपराध अनुसन्धान तर्फको सेवा प्रवाहलाई प्रभावकारी तथा परिणाममुखी बनाएको छ । यसलाई अझ बढी प्रभावकारी, समय-सापेक्ष र सुरक्षित बनाउन नयाँ प्रविधिहरुको प्रयोग तथा विस्तार तर्फ सदैव प्रयासरत रहँदै आएको छ ।


नेपाल प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयको काम कर्तव्य


  • निर्देशनालयको व्यवस्थापन तथा संचालन र प्रहरी संचार प्रणालीको विकास, बिस्तार र सुधार, राष्ट्रिय CCTV Grid निर्माणको मापदण्ड व्यवस्थापन तथा संचालन सम्वन्धी नीति, नियम, रणनीति, योजना एवं कार्ययोजना तर्जुमा तथा कार्यान्वयन,
  • निर्देशनालयको संगठनात्मक व्यवस्थापन (आन्तरिक व्यवस्थापन, अभिलेख व्यवस्थापन),
  • मानव संसाधन व्यवस्थापन,
  • संगठनको सेवा प्रवाह सम्वन्धमा महाशाखा, शाखा र कार्यालयहरुको सुपरिवेक्षण, अनुगमन नियमन तथा निर्देशन,
  • नेपाल प्रहरी प्रधान कार्यालय, मातहतका कार्यालयहरु र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय एवं प्रदेश प्रहरी बीच प्रहरी संगठनको संचार तथा सूचना प्रणालीको विकास, विस्तार र सुधार, राष्ट्रिय CCTV Grid निर्माणको मापदण्ड व्यवस्थापन तथा संचालन सम्बन्धी विषयमा आवश्यक समन्वय र सहकार्य,
  • प्रहरी कार्यालय तथा कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको CUG टेलिफोन सेवालाई थप सुविधाहरु प्रदान गर्न समन्वय,
  • महाशाखाको व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र तालुक पदाधिकारी समक्ष आवधिक प्रतिवेदन,
  •  राष्ट्रिय तथा स्थानीय रुपमा रेडियो संचार नेटवर्क स्थापना गरी अविछिन्न रुपमा संचालन, नियन्त्रण, मर्मत, रेखदेख तथा अनुगमन,
  • संगठन संचालन तथा विकास व्यवस्थापन सम्बन्धी वजेट तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयन,
  • नेपाल प्रहरी कर्मचारी र प्रदेशबाट माग/अनुरोध भई आएको खण्डमा प्रदेश प्रहरी कर्मचारीलाई प्रहरी संगठनको संचार तथा सूचना प्रणालीको विकास, विस्तार र सुधार, राष्ट्रिय CCTV Grid निर्माण मापदण्ड व्यवस्थापन तथा संचालन सम्बन्धी प्रशिक्षण, व्यवस्थापन तथा क्षमता विकास,
  • प्रविधि मैत्री प्रहरी संगठन निर्माण गर्न सक्रिय भूमिका खेल्ने, संचार प्रविधि मार्फत संगठनको उद्देश्य प्राप्तिमा रणनीतिक भूमिका निर्वाह गरी संगठन तथा तालुक मन्त्रालयहरुलाई संचार प्रविधि सम्बन्धमा आवश्यक सुझाव प्रदान,
  • सुरक्षात्मक उपकरणहरु (Frequency Jammer, X-ray Baggage, Vehicle Bottom Scanner, Walk Through Gate, Handheld Metal Detector, UAV (Drone), Rapid Communication System र Robotics आदि) को परिचालन तथा व्यबस्थापन,
  • आवश्यकतानुसार विज्ञको सहायता लिई विभिन्‍न सरकारी संघ संस्थाहरुका लागि संचार उपकरणहरु तथा ऐ. का एसेसरिजहरुको कार्यालय स्पेशिफिकेशन तयार, प्राविधिक परिक्षण,
  • प्रहरीको विभिन्न कार्यलयहरुमा अपरेटर सहित साउण्ड सिष्टमको व्यवस्थापन,
  • नेपाल प्रहरी अन्तर्गत विभिन्‍न संचार उपकरणहरुको चेकजाँच, प्राविधिक परिक्षण, प्रतिवेदन, स्पेशिफिकेशन निर्माण,
  • नेपाल प्रहरीको आन्तरिक टेलिफोन सेवा (EPABX) को जडान, मर्मत, रेडियो सेटमा बोलेका कुराहरुलाई रेकर्ड तथा प्रमाण व्यवस्थापन,
  • कानुन बमोजिम तोकिएका अन्य कार्य ।