अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०७-१४काठमाडौं, काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम २ सय ५० मिलिग्राम र नगद २० हजार २ सय रूपैयाँ सहित गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ सय ४० मिलिग्राम सहित ललितपुर इमाडोल बस्ने सप्तरी खडक नगरपालिका-१ घर भएका २३ वर्षीय गौतम चौधरी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-५ खयरबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ डिक्लीबारी बस्ने २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय चैतन हेमरम रहेका छन् । प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-८ बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २७ मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-२ घर भएका २५ वर्षीय अमर बहादुर कुँवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित टीकापुर नगरपालिका-५ बस्ने २२ वर्षीय रोशन सार्की समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रोशनले प्रयोग गरेको लु.प्र.०१-०१५ प ४७८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । लमजुङ, बेसीशहर नगरपालिका-१ देउरालीडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, बुप्रेनोर्फिन १० एम्पुल र फेनारगन १० एम्पुल सहित सोही नगरपालिका-८ भुलभुले बस्ने ३० वर्षीय सुजन तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले ग.१० प ९९६९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही केराबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहवी नगरपालिका-३ बस्ने ३४ वर्षीय दिपक परियार र उदयपुर वेलका नगरपालिका-३ बस्ने ३२ वर्षीय बल बहादुर थापा रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-९ बस्ने २१ वर्षीय सुशिल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-१४ओखलढुङ्गा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१४काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय नोर्गेन मोक्तान र काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-९ घर भएकी २४ वर्षीया सुस्मिता रसाईली रहेका छन् । पक्राउ मध्ये नोर्गेनले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४० लाख रूपैयाँ र सुस्मिताले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नोर्गेनलाई ललितपुर ललितपुर महानगरपालिका-३ बाट र सुस्मितालाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८३-०७-१४ | बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०७।१४ गते १६:१५ बजे सम्म । | |
| २०८३-०७-१३ | उच्च शिक्षा छात्रवृत्ति (कक्षा ११/१२) र उच्च शिक्षा छात्रवृत्ति (स्नातक तह) सम्बन्धी सूचना | |
| २०८३-०७-१३ | प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना | |
| २०८३-०७-१३ | Re-Invitation For Sealed Quotation | |
| २०८३-०७-१३ | PLSC Entrance Form (Batch 03) | |
| २०८३-०७-१३ | PLSC Enrolment Form (Batch 03) |
हाईलाईटहरु
- बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०७।१४ गते १६:१५ बजे सम्म ।
- PLSC Enrolment Form (Batch 03)
- PLSC Entrance Form (Batch 03)
- Re-Invitation For Sealed Quotation
- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना
- उच्च शिक्षा छात्रवृत्ति (कक्षा ११/१२) र उच्च शिक्षा छात्रवृत्ति (स्नातक तह) सम्बन्धी सूचना
- प्रेस विज्ञप्ति । (२०८३-०७-१२)
रिपोर्ट तथा प्रकाशन