प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८३-०५-०४

काठमाडौं, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री बादीले पानसमा दीप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघले वर्ष भरी गरेका सामाजिक मानव कल्याणकारी एवम् परोपकारी कार्यहरूका साथै अन्य विविध समसामायिक विषयहरूमा आधारित लेख रचनाहरू समेटेर प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८३” को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा मन्त्री बादीले सेवा नै धर्म हो भन्ने आदर्शलाई आत्मसात् गर्दै निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने समाजसेवी एवम् प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक अध्यक्ष पुष्पा बस्नेत, KIN INDIA का निर्देशक नविन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा र राष्ट्रिय बक्सिङ खेलाडी प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मानपत्र प्रदान गर्नुभयो ।सो अवसरमा मन्त्री बादीले बद्लिँदो सामाजिक आवश्यकता र समयको माग अनुसार आफ्नो सेवाको दायरालाई  निरन्तर फराकिलो बनाउँदै नेपाल प्रहरी श्रीमती संघ सामाजिक उत्तरदायित्व, सेवाभाव र निरन्तर योगदानको सशक्त उदाहरणको रूपमा स्थापित भएको बताउनुभयो । नेपाल प्रहरीले कर्तव्य निर्वाह गर्ने सिलसिलामा उहाँहरूको परिवारले देखाएको धैर्यता, साहस, मौनता र त्याग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी परिवारका सदस्यहरूको संवेदनालाई सामाजिक सेवा मार्फत शक्तिमा रूपान्तरण गर्नु यस संघको महत्वपूर्ण विशेषता रहेको उहाँले बताउनुभयो । संघले आगामी दिनमा आफ्नो संस्थागत सुशासन, पारदर्शीता र सेवाको प्रभावकारीतालाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा र विभिन्न किसिमका मानवीय कार्यक्रमहरूको माध्यमबाट निस्वार्थ रूपमा रचनात्मक, कल्याणकारी तथा विभिन्न सामाजिक कार्यमा समर्पित रहँदै नेपाल प्रहरी श्रीमती संघले गर्दै आएको सामाजिक सेवाको उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा संघले आफ्नो सेवाको क्षेत्रलाई अझ विस्तार गर्दै प्रहरी परिवारको हितका साथै समाजमा विद्यमान कुसंस्कार, विकृती र विसंगतीको अन्त्य र सामाजिक सुधार तथा महिला सशक्तिकरणका क्षेत्रमा संघले पहलकदमी लिनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । संघले कर्तव्य पालनाको सिलसिलामा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भई उपचाररत प्रहरी कर्मचारीहरूलाई गरेको सहयोगले कठिन समयमा आत्मीयता र एक्यबद्धताको अनुभूती गराएको उहाँले बताउनुभयो । प्रहरी परिवारका सन्ततीको लागि छात्रवृत्ति, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागूऔषध दुर्व्यसनीमा फसेका व्यक्तिहरूको उपचार र पुनर्स्थापना, महिला नेतृत्व बिकास र राहत वितरण जस्ता गतिविधि मार्फत संघले सेवाको दायरालाई अझ फराकिलो बनाउँदै लगेको बताउनुभयो । आगामी दिनमा अझ निस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर समर्पित हुँदै समाज र प्रहरी परिवार बीचको मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई कदरपत्र तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवम् उल्लेखनीय कार्य गर्ने व्यक्तिहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहमा संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापनाकाल देखि हालसम्म सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मुल आधार बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक हितका लागि निरन्तर योगदान पुर्‍याउँदै आइरहेको बताउनुभयो । संघले आगामी दिनमा सेवाको दायरालाई फराकिलो बनाउँदै प्रहरी परिवारको हितका साथै  सामाजिक रूपान्तरण तथा महिला सशक्तिकरणको अभियानमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।  नेपाल प्रहरी श्रीमती संघकी सचिव वरूणा थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघले स्थापना कालदेखि हाल सम्म गर्दै आएका सामाजिक मानविय तथा लोककल्याणकारी गतिविधिहरूका साथै संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । समारोहमा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
    २०८३-०५-०७

    काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ४० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय आशिक महतो समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले म.प्र.०१-००५ प २४१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम र गाँजा ३३ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुमनराज प्रसाई र ३० वर्षीय सिताराम तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ सैनिकमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रदिप टुडु, २० वर्षीय सचिन दास र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय संजित राजवंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प २८४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।कपिलवस्तु, शिवराज नगरपालिका-५ सुन्दरटोल बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद ४ हजार ८ सय २० रूपैयाँ सहित गुलरिया नगरपालिका-१ बस्ने २७ वर्षीय भुपेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ताराताल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट अवैध लागूऔषध गाँजा ४ सय ९३ ग्राम सहित कौडेना गाउँपालिका-२ ईनर्वा टोल बस्ने २५ वर्षीय अमान मिकरानिलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
    २०८३-०५-०६

    काठमाडौं, काठमाडौं महानगरपालिका-६ कपन तेन्जिङचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धनुषा हंसपुर नगरपालिका-५ घर भएका ३७ वर्षीय बिनय कुमार मण्डल, काठमाडौं बौद्ध बस्ने शंखरापुर नगरपालिका-२ घर भएका ३८ वर्षीय मनिष शाही र काठमाडौं रामहिटी बस्ने झापा घर भएका ३८ वर्षीय प्रदिप कुमार राई रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      मोरङ, कानेपोखरी गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-७ बस्ने ३१ वर्षीय बिबेक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-८ सुनौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिबेक लिम्बुलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित भद्रपुर नगरपालिका-५ बस्ने २३ वर्षीय अर्जुन राजवंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ शिवगंज बस्ने २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सबैला नगरपालिका-१० मिसारपटि बस्ने १९ वर्षीय राजन यादव र हंसपुर नगरपालिका-९ बस्ने २६ वर्षीय बब्लु पासवान भन्ने राम बालक पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । पर्सा, पोखरिया नगरपालिका-५ सत बरिया बस्ने ६५ वर्षीय रामदयाल महरालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोल बस्ने २४ वर्षीय जनक खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनवल नगरपालिका-१ प्रगतिटोल बस्ने २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले लु.१९ प ४४२४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, डुडुवा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय ओसिस खाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेतहनिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
    २०८३-०५-०६

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएका ३७ वर्षीय नविन लामा र काठमाडौं महानगरपालिका-३२ बस्ने सल्यान शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन् ।  पक्राउ मध्ये नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४ लाख रूपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं महानगरपालिका-२६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०५-०७ बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०५।०७ गते १७:४० बजे सम्म ।
२०८३-०५-०६ प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)
२०८३-०५-०५ प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना (२०८३-०५-०५)
२०८३-०४-२५ प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-२५)
२०८३-०४-२१ प्राविधिक प्रहरी नायव उपरीक्षकहरुको पदस्थापन सम्बन्धमा ।
२०८३-०४-२१ प्राविधिक प्रहरी नायव उपरीक्षकहरुको सरुवा सम्बन्धमा ।
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०४-०८ जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८३-०४-०८) ।
२०८२-१२-२० जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
२०८२-१२-२० दरखास्त फाराम (२०८२-१२-२०)
२०८२-०८-२५ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
२०८२-०६-१० जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८३-०५-०४)
रेडियो कार्यक्रम (२०८३-०५-०१)
रेडियो कार्यक्रम (२०८३-०४-२८)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview