भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
खोटाङ, साकेला गाउँपालिका-१ सेखुवाबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उर्गेन राई र २४ वर्षीय दिपेन राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट निर्मलीडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।