कटुवा पेस्तोल सहित एक जना पक्राउ
२०८३-०३-३२
- A
- A-
- A+
सिराहा, सिरहा नगरपालिका-७ बाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित भारत मधुवनी बिहार थाना रामनगर ग्राम पंचायत पटबारा-८ सहर्वा बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पेस्तोल र गोली फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।