प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ

२०८३-०३-२७

  • A
  • A-
  • A+
Share

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन् । 

 लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनीहरू मध्ये १ जनाले पेस्तोल निकाली प्रहरी उपर ताकेकोले प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा इकवाल खान घाइते भएका थिए । घाइते भएका ईकवाल भीम अस्पताल भैरहवामा उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने तीन जना पक्राउ
२०८३-०५-२५

गुल्मी, अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ गर्नेहरूमा छत्रकोट गाउँपालिका-५ बस्ने ४७ वर्षीय बुद्धि बहादुर कामी, ४१ वर्षीय झग बहादुर विक र ६० वर्षीय प्रेम बहादुर सिंजाली रहेका छन् ।  अवैध हातहतियार निर्माण गरी बिक्री वितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक ९ थान, बन्दुकको नाल ४२ थान, काठको निर्माण हुँदै गरेको कुन्जी (बट) ८ थान, काठको बट ५ थान, फलामको गज २ थान, गोली छर्रा २ सय २१ थान, बन्दुकको चाँप पुर्जा ७ थान, बारूद जस्तो देखिने पदार्थ ८९ ग्राम ८५० मिलिग्राम, जंगली जनावरको ओखेटोपहार, हड्डी, छाला,  भरूवा बन्दुकमा लाग्ने गोली ३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल सहित चार जना पक्राउ
२०८३-०४-२६

कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले कटुवा पेस्तोल १ थान सहित ४ जनालाई सोमबार बेलुकी पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बेल्डाडी गाउँपालिका-३ बस्ने २० वर्षीय नितेश सिंह, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका-६ बस्ने २० वर्षीय राजेन्द्र सिंह र कैलाली गोदावरी नगरपालिका-१ बस्ने २० वर्षीय पारस रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिका-१८ सालघारीबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा प्रहरीले १८ वर्षीय किशोरको भीमदत्त नगरपालिका-१८ मामा भान्जा चोकस्थित डेरा तलासी गर्दा लुकाई छिपाई राखेको कटुवा पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।