जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२१
- A
- A-
- A+
मोरङ, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-९ बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरूङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गंगा बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।