जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०४-२२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-११ गोर्खालीटोल बस्ने बाला गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ बसेनी बस्ने ५० वर्षीय राजेश गुरूङ समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ६ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मदन चोकस्थित ४२ वर्षीय देब बहादुर चन्दले संचालन गरेको देबु होटलमा जुवातास खलिरहेको अवस्थामा देब बहादुर समेत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।